गाउँ सहर

राष्ट्रपतिले गरिन् प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । 

परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत