खेल

महिला राष्ट्रिय लिगः १०६ गोल खाएको चौदण्डीगढी अंकबिहीन 

काठमाडौँ । चौदण्डीगढी नगरपालिका उदयपुर महिला राष्ट्रिय लिगमा अंकबिहीन बनेको छ ।

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग १०—० गोल पराजित भएपछि चौदण्डीगढी अंकबिहीन बनेको हो ।

पराजय भोगेसँगै चौदण्डीगढी खेलेका सबै १२ खेलमा हार स्वीकार गर्नु परेको छ ।  

उसले कूल १०६ गोल खायो भने चार गोल गर्न सफल भयो । चौदण्डीगढी प्रतिखेल ८.७५ को औषतमा गोल खान खायो । 

लिग च्याम्पियन बनेको नेपाल एपिएफ क्लबविरुद्धको खेलमा चौदण्डीगढीले बढी गोल खाने क्रममा २२—० गोलले पराजित भएको थियो । सो खेलमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा एक्लैले १२ गोल गरेकी थिइन् । 

चौदण्डीगढीमा स्थानीय खेलाडीको बाहुल्यता रहेको ंथियो । उसले लिगका लागि विदेशी खेलाडी ल्याउने कोशिस गरे पनि सफल हुन सकेको थिएन ।

यता चौदण्डीगढीलाई पराजित गरेसँगै नेपाल पुलिस क्लब भने लिगमा तेस्रो बन्न सफल भएको छ । उसले १८ अंक जोड्यो । चौथो बनेको वालिङ नगरपालिकाले १७ अंक हात पार्यो । 

अन्तिम दुई खेलअघि लिग च्याम्पियन बनेको एपिएफले ३३ अंक जोड्दा दोस्रो भएको त्रिभुवन आर्मी क्लबको २६ अंक छ। अन्तिम खेलमा एपिएफ र आर्मीबीच दशरथ रंगशालामा केहीबेरमा खेल हुँदैछ ।

गाउँ सहर डेस्क

तपाईँको मत