प्रेरणा

पैसा चोरीपनि हुनसक्छ र समाप्तपनि, तर विद्या कहिल्यै चोरी हुँदैन, अभ्याससँगै बढिरहन्छ

काठमाडौँ । तपाईंले धेरै सम्पति कमाउनुभयो भने संसार लोभी छ र तपाईंको सम्पति चोरी हुनसक्छ वा डडेर खरानी हुनसक्छ । तर याद राख्नुहोस् तपाईंको विद्या कसैले चोरी गर्न सक्दैन, विपरित विस्तार भएर जान्छ ।

यसै प्रसंगमा यो घटना मनन गरौँ ।

प्राचिन समयमा एकजना राजा अत्यन्तै शक्तिशाली थिए । त्यहि भएर पनि उनी शिकार गर्न जाँदा एक्लै जंगल जान्थे । एकपटक उनी शिकार गर्न जाँदा बाटो भूले । उनीसँग खानेकुरा पनि सबै सकिएको थियो । बाटो खोज्दा खोज्दै उनी धेरै थाकेका थिए ।

भोक प्यासको कारण राजाको अवस्था खराब भइरहेको थियो । सो समयमा उनले तीनजना बच्चा देखे । राजाले ती बच्चालाई बोलाए र आफ्नो परिचय दिए । उनले बच्चासँग मद्यत गर्न भने । तीन बच्चाहरु दौडिएर आ-आफ्नो घर गए र राजाको लागि खानेकुरा लिएर आए ।

राजाले पेटभर भोजन गरे, उनलाई राहत भयो । बच्चाले राजालाई महलसम्म पुग्ने बाटो देखाइदिए । बच्चाको मद्यतबाट खुसी भएर राजाले तीनै बच्चालाई जे चाहन्छौ माग भने । एक बच्चाले राजासँग भने- मलाई ठूलो घर र सुख सुविधाको सम्पूर्ण चिज दिनुहोस् । म आरामसँग बाँच्न चाहन्छु । अर्को बच्चाले धेरै धन दिन आग्रह गरे । राजाले दुबै बच्चाको इच्छा पूरा गर्ने बचन दिए । अब तेस्रो बच्चाको नजिक उनी पूगे ।

तेस्रो बच्चाले भने- राजन, मलाई धन सम्पति चाहिँदैन । मलाई पढ्न लेख्न मन पर्छ । कृपया मलाई कुनै गुरुकुलमा विद्या ग्रहण गर्न पठाइदिनुहोस् । राजाले आफ्नो राज्यको गुरुकुलमा ति बच्चालाई पठाए । 

तीनै बच्चा आफ्नो इच्छा पूरा हुँदा खुसी थिए । केहि वर्ष पछाडि तेस्रो बच्चा पढेर विद्वान भए । राजा उनको बुद्धिमानीबाट प्रसन्न थिए । उनलाई दरबारमा सामेल गराए । त्यसपछि तेस्रो बच्चासँग धन सम्पति पनि भयो ।

केहि समयपछि तीन मित्र जंगलमा फेरि भेटे । जसले राजासँग धन सम्पति मागेका थिए, उनीहरु गरिब भएका थिए । तेस्रो केटा जो दरबारमा सामेल भएका थिए, सोहि कारण उनी धनी भएका थिए । उसले दुबै मित्रलाई गरिबीको कारण सोधे ।

पहिलो मित्रले भने- जब बाढी आएको थियो मेरो सम्पूर्ण घर बर्बाद भयो । दोस्रोले भने- मेरो धन समयसँगै खर्च भयो ।

तेस्रो मित्रले भने- म जाँन्दथेँ कि धन सम्पति सकिने भएकोले मैले राजासँग विद्या मागेको थिएँ । विद्या एक यस्तो धन हो जसलाई कसैले चोर्न सक्दैन र नष्टपनि हुँदैन । अभ्याससँगै बढिरहन्छ । यो कुरा सुनेर दुबै केटाहरुले आफ्नो गल्तिको महशुष गरे ।

यसकारण धन सम्पतिभन्दा ठूलो विद्याको महत्व छ । यसकारण विद्या प्राप्त गर्नको लागि जहिल्यै तत्पर रहनु पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत