गाउँ सहर

मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको हो ।

लु ४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत