गाउँ सहर

रामेछापको सालुबाट मन्थली आउँदै गरेको बस दुर्घटना

रामेछाप । शुक्रबार बिहान मन्थली नगरपालिका मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापको सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना भएको हो ।

घाइते सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जानकारी दिएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


 

गाउँ सहर डेस्क

तपाईँको मत