अर्थतन्त्र

ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड सकियो, २ जनालाई ११ कित्ता 

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार कार्यालयमा बाँडफाँड गरिएको आईपीओ ३ लाख २५ हजार १६५ जना आवेदकले प्राप्त गरेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ जनाले ११ कित्ता तथा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जनाले आवेदन गरेकामा सदर आवेदक १३ लाख १९ हजार ५९ जनलाई गेलाप्रथामा सहभागि गराइएको हो । ती आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत