बिहान कस्ताे नास्ता खाने गर्नुभएकाे छ ?
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शुक्रबार, २०७७ | ०५:१०:०० मा प्रकाशित
बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं । आजभोलिको व्यस्त जीवनमा बिहानको खाजा (ब्रेकफास्ट) नखाई सीधै खाना खाएर कार्यालय जानेहरू बढी छन् ।
तर, आयुर्वेदले यस्तो कुरालाई प्रोत्साहन गर्दैन । आयुर्वेदका अनुसार बिहानको खाजा शारीरिक र मानसिक आरोग्यका लागि लाभदायक हुन्छ ।
नखाँदा के हुन्छ ?
हरेक मानिसको शरीरमा तीन किसिमका दोष हुन्छन्– कफ, बाथ र पित्त । ब्रेकफास्ट नखाँदा पित्तदोषअन्तर्गत पर्ने सढाका पित्तदोष प्रबल हुन्छ । यस्तो दोषले व्यक्तिको मानसिक अवस्थालाई सन्तुलनमा राख्ने, व्यक्तिलाई प्रसन्न चित्तमा राख्ने आदि काम गर्छ । व्यक्तिको मनोविज्ञानमा आउने यस्तो सन्तुलनले समग्र शरीरलाई सन्तुनलमा राख्ने आयुर्वेदमा उल्लेख छ ।
नखाँदा जोखिम बढ्छ ?
ब्रेकफास्ट नखाँदा शरीरलाई प्रसन्न राख्ने हार्मोन उत्सर्जन कम हुन्छ । यसले व्यक्तिको शरीरमा चिनीको मात्रा बढाउने र इन्सुलिनको मात्रा घटाउने गर्छ । बिहान ब्रेकफास्ट खाए र त्यसको केही घण्टापछि खाना खाएमा रगतमा चिनीको मात्रामा उल्लेख्य थपघट हुन पाउँदैन । रगतमा हुने चिनीको मात्रामा क्रमिक रूपमा फेरबदल हुनु राम्रो मानिन्छ । तर, ब्रेकफास्ट नखाइकन एकै पटक खाना खाँदा चिनीको मात्रा एकै पटक बढ्न पुग्छ । तसर्थ, ब्रेकफास्ट खाने मानिसमा मनोवैज्ञानिक र डायबेटिजको जोखिम कम हुन्छ ।
के खाने ?
आयुर्वेदअनुसार ठोस र तरल खाजा पालैपालोजस्तै गरी खानुपर्छ । दुई दिन ठोस खाजा आइयो भने एक दिन तरल खाजा खानुपर्छ । अन्नको राजा जौको चिउरालाई खाजामा उत्तम मानिन्छ । त्यस्तै, ताजा फलफूल र तरकारीको झोल पनि उत्तम हुन्छ । बिहानको खाजा धेरै भव्य हुनु हुँदैन । मानिसले खाने खाना घामको प्रकृतिअनुरूप हुनुपर्छ अर्थात, बिहानको मन्द घाममा हलुका खाना खानुपर्छ । दिउँसोको चर्को घाममा भव्य खाना खानुपर्छ र राति अस्ताउँदो घाममा पुनः हलुका खाना खानुपर्छ ।
प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ । हल्काफुल्का खानाको् रुपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस