वातावरण

प्रजातन्त्र दिवसकाे दिन : कतै वर्षा, कतै हिमपात

फाइल तस्बिर ।

काठमाडाैँ । आज फाल्गुण ०७ अर्थात प्रजातन्त्र दिवसकाे दिन देशका विभिन्न स्थानमा कतै वर्षा त कतै हिमपातकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पुर्वानूमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार, फाल्गुण ०७ गते (शुक्रबार) दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यस्तै राति प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत