समाज

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी बस्ने खोटाङ खिदिम गाउँपालिका–७ घर भएका १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दार्चुला, २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका९१ सतला बस्ने २३ वर्षीय पान सिह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठगुन्नाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत