गाउँ सहर

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

काठमाडाैं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी Viking 222 मोडल बसका ग्राहकहरुलाई च्यासिस हस्तान्तरण गरेको छ ।

व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताएका छन् । 

VIKING 222 बसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ । नेपालमा लामो दुरी रुटमा VIKING गाडीहरु चल्दै आएका छन् । १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत