अर्थतन्त्र

शेयर बजार हालसम्मकै उच्च बिन्दुमा 

काठमाडौँ । साताको अन्तिम दिन बिहिबार शेयर बजारले नयाँ इतिहास रचेको छ । आज शेयर मापक नेप्से २६३६ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ अंकमा पुगेको छ । नेप्से ०.९७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकि ३ वटा उपसमूहहरुको शेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंकले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत