भिडिओ

‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । 

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशन रहेको भिडियोलाई करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । चन्द्र विनायक फिल्म प्रोडक्सनले निर्माण गरेको भिडियो चपली हाइटका विभिन्न स्थानमा छायाँकन गरिएको छ । पल र गरिमाको केमेस्ट्री सुहाउदो रहेको भिडियोमा राजीव समरले कोरियोग्राफी  गरेका हुन् ।

निर्देशक रमेश थापाले गीतको भावअनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत