स्वास्थ्य

अकबरे खुर्सानी नियमित सेवन गर्नुहोस्, हुन्छ फाइदै फाइदा  

१. खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ ।

२. माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।

३. नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ । 

४. कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ ।

५. हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।

६. कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ । 

७. डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।

८. शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ । 

९. रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।  

१०. ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ । 

११. पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ । 

१२. अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।  

१३. थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ । 

१४. यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ ।

१५. एलर्जी हुनबाट जोगाउन धेरै मद्द गर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत