समाज

१ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद

धनगढी । सशस्त्र प्रहरीले धनगढीबाट १ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपालको ३४ नम्बर गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँ र वडा नम्बर २ पोखरीघाट १ लाख ९ सय ६० मूल्य बराबरकोे कपडा तथा किरानाका सामान बरामद गरेको हो । 

भन्सार छलेर ल्याइएका सामान बरामद गरि आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको हेडक्वाटरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत