समाज

मिनीट्रकबाट झर्दा एकको ज्यान गयो

भक्तपुर । भक्तपुरमा आफै चेढेको मिनीट्रकबाट झर्दा दुर्घटनामा परी एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४१ वर्षका सूर्यमान सुवाल रेहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ६ बजेतीर चाँगुनारायण नगरपालिका २ झौखेलबाट व्यासी तर्फ आउँदै गरेको बा २ क ९०९९ नम्बरको मिनीट्रकमा चढेर आएका सुवाल ट्रकबाट ओर्लदा अगाडिको बाँया चक्कामा परेर घाइते भएका थिए । उनलाई भक्तपुर अस्पतालमा प्राथमिक उपचार गरेर धुलिखेल पठाइएको थियो । 

राती ८ बजे धुलिखेल अस्पताल  पु-याइएका सुवालको उपचार धुलिखेल अस्पतालमा हुन नसकेपछि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको  अस्पतालले जनाएको छ । 

ट्रक चालक रामेछाप घर भई हाल झौखेल बस्ने ४५ वर्षका सन्तवीर तामाङ हुन् । उनि प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत