प्रेरणा

अवसरलाई पहिचान गर्नुहोस्, त्यसको सहि उपयोग गरेमात्र सफलतासँगै सुख-शान्ति

काठमाडौँ । अवसरलाई समयमै पहिचान गर्न सके जीवन बन्न समय लाग्दैन । तर जब हामी चुक्छौँ, जीवनभर प्राप्त गर्न सक्दैनौँ । त्यसैले भनिएकै छ- "समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन ।"

यसै सन्दर्भमा एक घटना मनन गरौँ । 

प्राचिन समयमा एक बुढा किसानका तीन छोरा थिए । उनको श्रीमतीको मृत्यु भइसकेको थियो र तीन छोरा अविवाहित थिए । किसानले छोराहरुलाई बोलाए र आफूसँग भएको सुन तीन जनालाई बराबरी गरी बाँडिदिए । अनि भने- अब मेरो अन्तिम समय आयो । यो सुनको सहि उपयोग गरेर जीवनमा खुसी रहनु । यति भन्दै बुढाले संसार छाडे ।

तीन छोराले बुवाको अन्तिम संस्कार गरे र आ-आफ्नो हिस्साको सुन लिएर तीन वर्षपछि भेट्ने वाचासहित अलग-अलग दिशामा गए । 

ठूलो छोरोलाई कविता लेख्न र किसिम किसिमको अनुसन्धान गर्ने शौख थियो । उसले सुनमा कविता लेख्यो र सुनमा कयौँ तरिकाले अनुसन्धान गर्यो ।

दुबै भाई कसैगरी खानपिनको व्यवस्था गरिरहेका थिए । जबकि सबैभन्दा सानो भाई धेरै बुद्धिमान थिए । उनको बुवाले दिएको सुन बेचे र त्यो धनले गाउँमा खेत किने । खेतमा उनले धेरै मेहनत गरे । बाली लगाए र धेरै पैसा कमाए ।

तीन वर्षपछि तीनैभाई घरमा भेला भए । त्यसमा दुई भाईको आर्थिक अवस्था अत्यन्तै बिग्रेको थियो । यसमा सानो भाईले प्रगति चुमेका थिए । उनले धनवान कसरी बनेँ भन्ने बारे दुई दाईलाई सबैकुरा बताए । दुर्ई भाईले आफ्नो गल्ति महशुष गरे । उनीहरुले बुझे कि अवसरलाई सहि उपयोग गरेनन् । यसकारण उनीहरुको अवस्था झनै बिग्रियो ।

यो सानो घटनाले हामीलाई जुनसुकै अवसर प्राप्त हुन्छ त्यसको बुद्धिमानीपूर्वक उपयोग गर्नु पर्दछ भन्ने सिकाउँछ । नत्र समय त्यसै जान्छ अनि पछि पछुताउनु सिवाय केही हुँदैन । अवसरलाई पहिचान गरेर त्यसको सहि उपयोग गरेमात्र धनसँगै सुख-शान्ति प्राप्त हुन सक्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत