अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । विहिबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत