खेल

आईपीएल टी-ट्वान्टी क्रिकेटकाे अक्सन आज, सन्दीपलाई कुन टिमले किन्ला ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा यसपटक नेपालका लेग स्पिनर सन्दीप लामिछाने पर्छन् कि पर्दैन भन्ने धेरैकाे चासाे छ ।

आईपीएल टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने  भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो ।

नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत