अर्थतन्त्र

महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्वारा सहुलियतपूर्ण कर्जा प्रदान

काठमाडाैँ । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागि चाहिने बन्दोबस्तीका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पूनः सुचारु गर्दै  जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत