समाज

आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । आइफोन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौंको टोखा—११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्ने गर्थे। त्यसपछि ह्वाट्स एप नम्बर उपलब्ध गराई आइफोन पठाइदिने भन्दै प्रलोभनमा पार्ने गर्थे ।

तर पछि आइफोनको नपठाई विभिन्न उपहारका सामानहरू बेलायतबाट भारत हुँदै आउने र दिने भन्दै बताउने गर्थे। त्यसपछि नेपाली भाषी भारतीयको सहयोगमा ती पीडित व्यक्तिसँग सम्पर्क गराई सामान दिल्ली आइपुगेको तर भन्सार छुटाउन करका लागि नेपालमा भएका एजेन्टहरूकोमा पैसा जम्मा गराउन लगाउँथे।

पीडितले विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार जम्मा गराएका थिए । त्यसमध्ये ५ लाख २० हजार भने गोंगबु बसपार्कमा पीडितले हरिप्रसादलाई भेटेर दिएका थिए ।

त्यसरी नै पटक—पटक रकम पठाउन भनेर फोन आएपछि पीडितले आफू ठगिएको थाहा पाएका थिए। त्यसपछि, प्रहरी कार्यालयमा ठगिएको भन्दै उजुरी परेको थियो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत