खेल

एपीएफलाई दुई खेल नखेल्दै राष्ट्रिय महिला फुटबलको उपाधि

काठमाडाैं । राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेपछि एपीएफ च्याम्पियन बनेको हो ।

यस बराबरीसँगै एपीएफ दुई खेल अगावै च्याम्पियन बनेको हो ।

आर्मीले पुलिसलाई हराएको भएका एपीएफलाई अर्को खेलको नतिजा कुर्नु पर्ने थियो । तर, आर्मी रोकिएपछि एपीएफले उपाधि पक्का गरेको हो ।

बुधवारको खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो । 

बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । 

११ खेलमा २६ अङ्कका साथ आर्मी दोस्रो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पुलिसको १५ अङ्क छ । 

बुधवार नै दोस्रो खेलमा अहिले एपीएफ र विराटनगर महानगरपालिका खेलिरहेका छन् । अङ्क तालिकाको उपाधि जितिसकेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत