समाज

छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

सप्तरी । घरको छतबाट लडेर २ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार साझ ५ बजे डाक्नेश्वरी न.पा.१० बनौला स्थित स्थानिय खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक मण्डलको मृत्यु भएको हो ।

खुशिलाल मण्डलको छोरा खेल्ने क्रममा छतमा अचानक लडेर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको बाटोमा नै मृत्यु भएको जानकारी पाएपछि कल्यानपुर सप्तरी प्रहरी घटना स्थलमा पुगेको थियो । प्रराम्भिक अनुसन्धान र मृतकको शव परिक्षणका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत