स्वास्थ्य

पछिल्लो २४ घण्टामा मुलुकमा कुनै पनि कोरोना संक्रमितको मृत्यु छैन, थप १२५ संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ३९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा मुलुकमा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५५ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत