अर्थतन्त्र

महिला लघुवित्तको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौँ । महिला लघुवित्तले गत माघ ३० गतेदेखि निष्काशनमा ल्याएको साधारण शेयर आईपओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । निष्काशन जारी हुने दिनमै सरकारले सार्वजनिक विदा दिएपछि आवेदन म्याद एक दिन बढेको हो ।

कम्पनीको आईपीओमा झण्डै १५ लाख जनाले आवेदन गरेका गरिसकेका छन् । मंगलबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार लघुवित्तको शेयरमा मेरो शेयरबाट मात्र १४ लाख ४४ हजार ५८८ जनाले आवेदन दिएका छन् । उल्लेखित आवेदकहरुबाट २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैंयाको शेयर आवेदन परेको छ ।

जबकी सर्वसाधारण, कर्मचारी र सामुहिक लगानी कोषका लागि लघुवित्तले ४ लाख कित्ता मात्र शेयर छुट्याएको हो । यसमा पनि लघुवित्तका कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषहरुलाई २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरिएको हो ।

आस्वा प्रणालीबाट परेका आवेदन समेत गर्दा लघुवित्तको शेयरमा आवेदन गर्नेको संख्या भने १५ लाख हाराहारी पुग्ने अनुमान गरिएको छ । 

यस आधारमा लघुवित्तको १० कित्ता शेयर पाउने शेयरधनीको संख्या ३७ हजार ५०० मात्र हुनेछ भने १४ लाखभन्दा बढी आवेदकले शेयर पाउने छैनन् ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड  पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत