स्वास्थ्य

डाक्टरले बढाए बिरामी जाँचेकाे ‘फि’ (शुल्क सूचीसहित)

काठमाडौं । बिरामी जाँच गरेकाे शुल्कमा बृद्धि भएकाे छ । 

नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीबाट लिने जाँच/परामर्श शुल्क बढाएको हाे ।

संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिबाट लागू हुने गरी शुल्क बढाएको हो ।

सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर ‘फि’ वृद्धि गरेको जनाएका छन् ।

चिकित्सकहरुलाई पाँच समूहमा वर्गीकरण गरी अधिकतम ८२५ रुपैयाँदेखि न्यूनतम ४५० रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत