फोटो

टहराहरू भत्काएपछि फर्किएला त खुलामञ्चकाे शान ? (फाेटाेफिचर)

काठमाडाैं । पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको छ । त्यसको मार महानगरवासीले खेप्नु परेको परिरहेकाे त छ नै सार्वजनिक जग्गाको संरक्षण पनि मिचिएकाे अवस्था छ । 

त्यसैकारण काठमाडाैं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाइ महानगरपालिकाले खुला गर्न थालेको हो ।​

महानगरले बुधबार बिहान डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काइदिएको हो । उपमेयर हरिप्रभा खड्गीले तत्काललाई बसपार्क मात्र रहन दिने गरी खुलामञ्च खाली गर्न लागिएको बताइन् । उनका अनुसार दरबार हाइस्कुल पुनर्निर्माणमा खटिएका चिनियाँ ठेकेदार र वीर अस्पतालले बनाएका संरचना भत्काइएका हुन् ।

दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले केही दिनभित्रै सबै खुला हुने बताउनुभयो । उहाँले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।

अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन गाडीको आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि गाडीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत