गाउँ सहर

९५ हजार घुस सहित एक इन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुस सहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई घुस रकम लिई सकेको अवस्थामा उनको डेराबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 

इन्जिनियर कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न भए पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी थिईन ।

कार्कीलाई उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारिएको आयोगले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत