स्वास्थ्य

नङ पटक-पटक भाँचिन्छ ? निलो भए बुझ्नुहोस् तपाईंमा अक्सिजन कम भयो

तपाईं स्वास्थ्यप्रति चासो राख्नुहुन्छ या हुन्न ? नङले त्यसको संकेत गर्दछ । नङमा देखिने सानासाना परिवर्तनलाई ठूलो विरामीको कारणसँग जोडिन्छ । जस्तो नङमा निलो देखिए शरीरमा अक्सिजनको कमी, पहेँलो हुँदा मधुमेहको विरामी हुन सकिन्छ । 

नङमा देखिने ७ परिवर्तन जसले यी रोगतर्फ इशारा गर्दछ

  1. नङ पटक पटक भाँचिन्छ वा टुट्छ भने हायपोथायरायड वा भिटामिन ए र सी को कमीतर्फ इशारा गर्दछ ।
  2. नङ निलो हुनु शरीरमा अक्सिजनको कमी या फोक्सोमा समस्यातर्फ इंगित गर्दछ ।
  3. नङमा गहिरो रंगको निशान हुनु हार्ट इन्फेक्शन, धमनी खराब हुनुजस्ता रोगको संकेत हो । 
  4. नङमा सिधा रेखा देखिनु भनेको जिंकको कमी, डायबिटीज या किड्नी रोगको संकेत हो ।
  5. नङ पहेँलो हुनु भनेको डायबिटीज, हायपोथायरायड, सोरायसिस्, नसा आदि रोगको संकेत हो ।
  6. नङमा सेतो धब्बा हुनु भनेको सोरायसिस वा एलोपेशिया एरेटाको संकेत हो ।
  7. नङमा भर्टिकल लाइन देखिनु भनेको बढ्दो उमेरको असर वा आयरनको कमी भन्ने बुझ्न सकिन्छ । स्रोतः मेनो क्लिनिकल सेन्टर फर फंक्शनल मेडिसिन, वेभ एमडी, नेशनल सोरायसिस फाउन्डेशन ।

गाउँ सहर डेस्क

तपाईँको मत