समाज

भीरबाट धकेलेर महिलाको हत्या

दार्चुला । दार्चुलामा भीरबाट धकेलेर एक महिलाको हत्या गरिएको छ । 

जिल्लाको नौगाड गाउँपालिका–६ धुलीगडाकी २५ वर्षीया अम्मरा खत्रीको सोही ठाउँका २८ वर्षीय अगबरसिह बोहराले भीरबाट धकेलेको प्रहरीले जनाएको छ ।  

खर काट्न गएकी महिलालाई बोहराले लात्ताले हानेर भीरबाट धकेलेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताएका छन् ।

मानसिक सन्तुलन ठीक नभएका ती पुरुषको खोजी भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत