गाउँ सहर

सूचना प्रकाशित गरेर बागमती प्रदेशसभाको बैठक स्थगित

हेटाैंडा, मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हाे ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ ।

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन्  ।

यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत