स्वास्थ्य

संक्रमितमध्ये ८ करोड ४८ लाख बढि काेराेनामुक्त, हालसम्म २४ लाख २९ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २७ लाख ५५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड ४८ लाख ४८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ३२ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख २९ हजार ७०७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९७ हजार २३१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८३ लाख ८१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ९९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८४ लाख ७९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९४ लाख १ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९ लाख ३७ हजार १०६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार ९४९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख ४२ हजार ९०३ जना निको भएका छन् । सक्रिय केस १ लाख ३८ हजार २५४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९९ लाख २१ हजार जना संक्रमितमध्ये ८८ लाख ८३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४० हजारभन्दा बढी छन् । हाल ७ लाख ९७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७२ हजार ९४५ जना पुगेका छन् भने २ लाख ६९ हजार ३०३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ५५ पुगेको छ भने १ हजार ५८७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत