भागरथी बलात्कार-हत्या प्रकरणमा संलग्न पक्राउ अभियुक्त सार्वजनिक गर्ने तयारी
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बुधबार, २०७७ | ०८:२८:०० मा प्रकाशित
काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिलाई अहिले बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याइएको छ ।
पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।
आरोपीले विद्यालयबाट फर्किने क्रममा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको उनले बताए ।
भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो । भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शब नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमा नै राखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस