गाउँ सहर

बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका बस्नेत पक्राउ

काठमाडाैं । विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका बस्नेतलाई प्रहरीले मंगलबार काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको जनाएका छन् ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।

केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहार मुद्दामा आइतबार महानगरीय प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। बस्नेतले युट्युब च्यानलको अन्तर्वार्तामा आफूसँग सपनाका नग्न तस्बिरहरू पेन ड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्कीसमेत दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेत सँगै बस्थिन्।

गाउँ सहर संवाददाता

तपाईँको मत