समाज

अवैध लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित सोमबार राति एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ बस्ने ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् ।

घोराही उपमहानगरपालिका–१९ दुईखोलीबाट नियन्त्रित लागूऔषध ६ केजी १ सय ग्राम अफिम जस्तो देखिने पदार्थ सहित घर्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर्तीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत