अर्थतन्त्र

शेयरबजारमा उत्साह, नेप्से परिसूचक बढेर २६ सय बिन्दुमाथि

काठमाडाैं । मंगलबार नेप्से परिसूचक बढेर २६ सय बिन्दु नाघेकाे छ । 

यस दिन नेप्से सूचक १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ४.०९ अंकले बढेको छ ।

 यसदिन २०८ कम्पनीका एक करोड ७७ लाख कित्ता शेयर १० अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन् । यस दिन कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

 

चन्द्रागिरी हिल्स, निफ्रा, मिर्मिरे माइक्रोफाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साधना लघुवित्त र पाँचथर पावर, वरुण हाइड्रो कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढीले घटेको छ ।

यसदिन सबैभन्दा धेरै नबिल बैंकको ५४ करोड रुपैयाँको किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ४२ करोड, नेपाल बैंकको ३९ करोड, नेको इन्स्योरेन्सको ३७ करोड र एनआइसी एशिया बैंकको ३३ करोड रुपैयाँको बराबरको शेयर किनबेच भयो ।

सोमबार ९२ अंकले बढेकाे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत