समाज

जुवाडे पक्राउ

कास्की । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पोखरा नदिपुरस्थित दिलमाँया दाहालको घरमा तास खेलिरहेको अवस्थामा भारत घर भई हाल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत