समाज

मामाद्वारा १६ वर्षीया भान्जी बलात्कृत

काठमाडौँ । राति मामासँग घर जान हिडेँकी एक किशोरीमाथि मामाले नै बलात्कार गरेको खुलेको छ । 

मेला घुमेर घर फर्किँदा रात परेपछि भान्जी छाड्न लगेका मामाबाट १६ वर्षीया ती किशोरी शुक्रबार बलात्कृत भएकी हुन ।

उनी विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन्। मेला हेर्दा अबेर भएपछि ठूला मामाले कान्छो भाइलाई भान्जीलाई घर छाड्दिन भनेका थिए ।

तर मामाले गलत बाटो लगेका थिए । खोलाको किनारमा पुगेपछि शौचालय गर्ने बहानामा बाइक रोकी उनले भान्जीमाथि बलात्कार गरेकाु खुलेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत