भिडिओ

'टाढा भए' पनि बोलको गीत सार्वजनिक

काठमाडौ । 'टाढा भए' पनि बोलको गीत सार्वजनिक भएको छ । मिलन नेवारले गाएको गीत फूलबुट्टे सारी का हिट जोडी पल शाह  र मलिका महत नयाँ गीतमा सँगै देखा परेका छन् ।

म्युजिक भिडियो फेब्रुअरी १३ सार्वजनिक भएको टाढा भए पनि बोलको गीतमा पल र मलिका सँगै देखिएका हुन् । 

अस्मिता अधिकारी र उर्जेन दोङको स्वरमा रहेको यो गीतमा शब्द रचना र संगीत उर्जेनकै छ । सरगम स्टुडिओमा रेकर्ड भएको 'टाढा भए' पनिु मा केही शब्द तामाङ भाषामा पनि राखिएका छन्। तामाङ भाषाका शब्द रचना भने सांजे ब्लोन तामाङका हुन् ।

विवेक रसाइलीद्वारा निर्देशित म्युजिक भिडिओका निर्माता केन्द्र लिम्बू र अर्विन पोमु लिम्बू हुन् । 

यो समाचार तयार पार्दासम्म यसको भिडिओले युट्युबमा १८ लाख बढी भ्युज पाइसकेको छ । 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत