गाउँ सहर

बसन्त पञ्चमी : हरेक माङ्गलिक कार्यको लागि शुभ

काठमाडौँ । सूर्य मकर राशिमा आएपछि शुभ काम सुरु हुने गर्दछ तर यसपटक अबको तीन दिन अर्थात शुक्रबार ७ गते गुरु तारा अस्त हुने कारण विवाहको लागि मुहूर्त छैन ।

बसन्त पञ्चमीको विहान सूर्योदयसँगै बृहस्पति पनि उदय हुनेछन् । तर आजको दिन शुक्र ग्रह अस्ताउने छन् । यसकारण यो दिनमा विवाह मुहूर्त छैन, तर केहि स्थानमा बसन्त पञ्चमीको अबूझ मुहूर्तमा विवाह गरिन्छ । आज बृहस्पति ग्रह उदित रहँदा विद्यारम्भ संस्कार तथा अन्य शुभ कामको लागि दिनभर शुभ मुहूर्त रहनेछ ।

बसन्त पञ्चमीमा सिद्धि, सर्वार्थसिद्धि र रवियोगसँगै अन्य राजयोग पनि बनेको छ । यी शुभ योगका कारण कामकाजको सुरुवातको लागि आजको दिन उत्तम मानिन्छ । यो दिन विवाहसँगै मन्दिरको प्राण-प्रतिष्ठा, गृह प्रवेश, वाहन खरीद गर्ने, व्यापार सुरु गर्ने आदिको लागि शुभ दिन हो । यो दिन अन्नप्राशन संस्कार पनि गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत