समाज

बँदेलको आक्रमणबाट तीन जना घाइते

दार्चुला ।  दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन ।

सोमबार बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा १६ वर्षीय गोविन्द धामी, उनकी ७५ वर्षीया आमा धौली धामी, अन्दाजी २० वर्षीय अनिल धामीमाथि आक्रमण भएको स्थानीयले बताएका छन् ।  

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत