समाज

किर्ते हस्ताक्षर गरेको आरोपमा मेयरसहित ४ जना पक्राउ

काठमाडौं ।  किर्ते हस्ताक्षर गरेको आरोपमा मेयरसहित ४ जना पक्राउ परेका छन् । किर्ते हस्ताक्षर गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका मेयरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपमेयर रिमा देबी कुशवाहासहित कार्यपालिका सदस्यहरूले अधिकाशं हस्ताक्षर किर्ते रहेको भन्दै उजुरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । चारजना मध्ये मेयर विजय शंकर यादवलाई भने तारेखमा छाडिएको छ ।

मेयर यादवलाई सोधपुछ पछि जुनसुकै बेला उपस्थित हुने शर्तमा छाडिएको र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी, र योजना अधिकृत जितेन्द्र यादवलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता गौतम मिश्रले बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत