भिडिओ

'ज्यानमारा मुस्कान' बोलको गीत सार्वजनिक

काठमाडौँ । 'ज्यानमारा मुस्कान' बोलको गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र सानी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको हो । ज्यानमारा मुस्कान बोलको गीतमा दुर्लभ केसीले शब्द तथा संगीत दिएका छन् । 

गीतको म्युजिक भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको केमेस्ट्री देखिन्छ । भिडिओको प्रस्तुति सुबोल थापाको कोरिओग्राफी र हरि अधिकारीको सहकार्यमा तयार भएको हो ।

भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने यसको सम्पादन नवीन निरौलाले गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत