दिगोविकास

सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा दाबी भुक्तानी

बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स बिर्तामाेड शाखाले बीमा दाबी रकम भुक्तानी गरेकाे छ । 

कम्पनीले साेमबार ताप्लेजुङ्ग जिल्ला सिदिङ्वा गाउँपालिका वडा नं.-३ निवासी मनकुमारी लिम्बुले गरेकाे बीमा बापतकाे रकम उनका श्रीमान् तुलसीप्रसाद थापालाई रू. ५ लाख, काजक्रिया खर्च ५० हजार र एक वर्षकाे बाेनस वापत् रू. १७ हजार ५ सय गरि एकमुष्ठ ५ लाख ६५ हजार भुक्तानी गरिएकाे हाे ।  

मृतक लिम्बुले २०७६ साल भाद्र ८ गते पाँच लाखकाे वार्षिक अग्रिम भुक्तानी याेजना गरिद गरेकी थिइन् । उनकाे पुष ४ गते निधन भएकाे थियाे । 

दाबी भुक्तानी कार्यक्रममा बिर्तामाेड शाखाका एजेन्सी मेनेजर, अभिकर्ताहरू लगायत बिर्तामाेड-४ निवासी उद्याेग व्यवसायी राजेशकुमार खरेलकाे उपस्थितिमा हस्तान्तरण गरिएकाे थियाे । 

बीमा दाबीबावतकाे चेक लिँदै मृतकका श्रीमान् तुलसीप्रसाद थापाले जीनव बीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रूपमा पाएकाे बताए । उनले भने, "मैले कतिपयकाे बीमा रकम लिन झन्झट र लामाे प्रक्रिया लाग्ने हुन्छ भन्ने पनि सुनेका थिएँ, तर त्यस्ताे भाेग्नु परेन । सहज भुक्तानीले बीमाप्रति थप विश्वास बढेकाे छ । यसप्रति सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी परिवार लगायत एजेन्सी मेनेजर गणेशकुमार खरेल तथा राजेशकुमार खरेललाई विशेष धन्यबाद दिन चाहन्छु ।" 

उनले समयमै बीमा दुखकाे सारथी भएकाे उल्लेख गर्दै काम, व्यवहार भनेर पर सार्न नहुने बताए । 

बिर्तामाेड एरिया ब्रान्च मेजेजर उत्तम काेइरालाले बिक्रीपछिकाे सेवा बीमा क्षेत्रमा महत्वपूर्ण हुने बताए । 

बिर्तामाेड शाखाका व्यवसाय विकास संयाेजक जमुना कटुवालले सञ्चालन गरेकाे कार्यक्रममा बीमा अभिकर्ताहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।  

मुलुकभर १ सय १३ शाखा रहेकाे सिटिजन लाइफ इन्स्याेरेन्सले सर्वसाधारणका लागि छिट्टै प्राथमिक शेयर निष्कासन गर्दैछ । आइतबार कम्पनीकाे तेस्राे वार्षिक साधारणसभाले ७५ कराेड बराबरकाे ७५ लाख कित्ताकाे आइपिओ निष्कासन गर्ने निर्णय गरेकाे हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत