समाज

कोदालो प्रहारबाट एक बृद्धको मृत्यु, ६ जना घाइते

बागलुङ । बागलुङको काठेखोलामा एक युवाको कोदालो प्रहारबाट एक बृद्धको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थानिय ३५ बर्षिय सोम किसानले गरेको कोदालो प्रहारबाट गम्भिर घाइते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।

यस्तै गम्भिर घाइते भएका सोही ठाउँका विष्णुमति चापागाई र लक्ष्मी चापागाईलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिएका छन् । किसानले सोमबार विहान बाटोमा हिँडिरहेका र स्थानियहरुको घरमा पुगेर बाहिर बोलाउँदै धारिलो हतियार कोदालो प्रहार गरेको स्थानियहरुले प्रहरीलाई बताएका छन् । किसानलाई दोविल्ला प्रहरी चौकी अक्षेतेले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका दोविल्ला प्रहरी चौकी अक्षेतेले किसानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिए । सोही घटना बाट अन्य चार जना स्थानीय समेत घाइते छन् । 

घटनाको बिबरण संकलन भैरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत