बैंक तथा वित्तीय संस्थाकाे निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा रु.३६६ अर्ब ३३ करोडले विस्तार
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण सोमबार, २०७७ | १५:२४:०० मा प्रकाशित
काठमाडाैँ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्ध्व–वार्षिक समीक्षानुसार, ६ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३५२ अर्ब २१ करोडले तथा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा रु.३६६ अर्ब ३३ करोडले विस्तार भएको छ ।
नेराबैंकानुसार, अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु. १९९ अर्ब ९१ करोडलेतथा कर्जा रु.२४७ अर्ब ३६ करोडले विस्तार भएको थियो ।
बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७७ पुसमा रु. ३८० अर्ब २४ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा पुँजीकोष रु. ५२१ अर्ब ७० करोडबाट वृद्धि भई रु. ५८७ अर्ब ९३ करोड पुगेको बैंकले जनाएकाे छ ।
नेराबैंकानुसार, २०७७ पुसमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १३.७५ प्रतिशत, विकास बैंकहरूको १३.५१ प्रतिशत र वित्त कम्पनीहरूको १९.८१ प्रतिशत रहेको छ । २०७७ असारमा यी अनुपातहरू क्रमशः १४.०१ प्रतिशत, १४.४२ प्रतिशत र १९.५९ प्रतिशत रहेका थिए ।
यस्तै बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७७ पुस मसान्तमा १०,१८७ पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३,०७२ बाट घटेर २,९४५ कायम भएको बैंकले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस