अर्थतन्त्र

सुनको मूल्य घट्यो,चाँदी बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ तोेलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत