वातावरण

साेमबारदेखि बुधबारसम्म उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपात हुने 

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

फाल्गुन ०३ गते (सोमबार)

दिउसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ ।

राति : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०४ गते (मंगलबार)

दिउसो :  प्रदेश नं १ लगायत देशका अन्य पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुका आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ भने बाँकी अन्य प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

फाल्गुन ०५ गते (बुधबार)

दिउसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखा भन्छ- देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत