भिडिओ

बलात्कारको विषयमा मेलिना राईको 'क्रन्दन' सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ । बलात्कारको विषयमा मेलिना राईको क्रन्दन सार्वजनिक भएको छ । बलत्कारका घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती क्रन्दन सार्वजनिक गरेको हो । 

गीतमा मेलिना राईले स्वर दिएकी छन्। विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन् । स्नेहा शर्माको निर्देशनमा तयार क्रन्दन मा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ ।

भिडि‌ओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति रहेको छ ।

विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेका हुन् । क्रन्दन गत बिहिबार युट्युब च्यानल रिअल टाइम रेकर्डबाट सार्वजनिक भएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत