अर्थतन्त्र

नेप्से  दोहोरो अंकले घट्यो, झण्डै ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ ।   

आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ ।  

आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता लिएको छ । कम्पनीको ५२ करोड ३३ लाख ६७ हजार ४ सय २४ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत