गाउँ सहर

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम विरुद्धको मुद्दामा प्रमाण बुझ्‍ने सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास काण्डका प्रमाण माग्ने आदेश गरेको हो । 

ललिता निवास काण्डमा तत्कालिन प्रधानमन्‍त्री माधवकुमार नेपाललाई किन मुद्दा चलाइएन भन्दै सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले ललिता निवास प्रकरणमा जोडिएका तत्कालिन प्रधानमन्‍त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा नचलाएको भन्दै रिट निवेदन दर्ता गरेका थिए । 

सर्वोच्चले त्यस मुद्दासँग सम्बन्धित कागजातको प्रमाण माग्ने आदेश गरेको हो ।  बरिष्ठ अधिवक्ता नेउपानेले २०७६ माघमा रिट निवेदन दर्ता गरेका थिए ।

सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीदेखि पूर्व प्रशासकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत